नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । आज काठमाण्डौको भृकटीमण्डपमा आयोजित एकता सम्मेलनले नवगठित पार्टीको नामसहित विवरण पारित गरेको हो ।
सम्मेलनले पारित गरेको ९ बुँदे प्रस्तावमा पार्टीको नाम, चुनाव चिह्नलगायतका विवरण छन् । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको छ । चुनाव चिह्न ‘पाँचकुने तारा’ रहेको छ । एकतामा आएका सबै दलका सदस्य नेपाली कम्युनिस्ट पार्टीका सदस्य कायम हुनेछन् ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनिनुभएको छ । नेता महिन्द्रराय यादवले प्रस्ताव गरेपछि सभाले अनुमोदन गरेको हो ।
एकता सम्मेलनमा नेता देव गुरुङले २३ बुँदे प्रतिबद्धता प्रस्तुत गरे । । जसमा सङ्घीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको सङ्ख्या घटाउने, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, नागरिकप्रति निष्ठावान् रहेने, मार्क्सवाद र लेनिनवाद सिद्धान्त नेपालमा सिर्जनात्मक ढङ्गले लागू गर्ने, वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अङ्ग रूपान्तरण उल्लेख छ ।
यस्तै सुशासनका लागि निरन्तर प्रयत्न रहने, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्ने, राज्यको सेवा प्रवाह छिटो छरितो, आधारभूत सेवामा नागरिकलाई जोड्ने, सबै खालेका शोषण दमन अन्त्य गर्न सङ्घर्षरत रहने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
एकीकृत पार्टीबीच आउँदो ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने दलहरूबीच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुने उल्लेख छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया