Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिराष्ट्रपतिले बोलाएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पनि सहभागी

राष्ट्रपतिले बोलाएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पनि सहभागी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको प्रमुख तीन दलका शिर्ष नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी भएकी छन् ।

राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दिउँसो ३ बजे बैठक बोलाएका थिए । उक्त बैठकमा आफू पनि आउने भन्दै प्रधानमन्त्री कार्की पनि त्यँहा पुगेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार शीर्ष नेताहरूसँग आफ्नो छलफल नभएकाले बैठकमा सहभागी हुने भनेर कार्की सहभागी भएकी हुन् ।



तपाईको प्रतिक्रिया