‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’
हेटौँडा । उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माणसम्बन्धी बहस’ विषयक अन्तरराष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ ।
नेपाल समाजशास्त्र सङ्घ र मकवानपुर बहुमुखी क्याम्पसद्वारा संयुक्त रूपमा यहाँ आयोजित सो तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका वरिष्ठ समाजशास्त्रीहरूको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा विभिन्न क्षेत्रका ७० भन्दा बढी अध्ययन, अनुसन्धानका निष्कर्ष एवं सवालहरूमा प्रस्तुतीकरण, बहस र छलफल गरिएको थियो ।
सम्मेलनको उद्घाटनसत्रमा समाजशास्त्र सङ्घका अध्यक्ष प्रा डा गणेशमान गुरुङले समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो भने । उनले भने, “उत्थानशील र समावेशी नेपाल निर्माणका लागि स्थायित्व नै पूर्वशर्त हो ।”
वरिष्ठ समाजशास्त्री प्रा डा कैलाशनाथ प्याकुरेलले समाजको आवश्यकता र बनोटलाई बुझ्न नसक्दा राजनीतिक स्थायित्व नभएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, त्रिवि शिक्षाध्यक्ष प्रा डा खड्ग केसी, भारतीय समाजशास्त्र सङ्घका सचिव श्वेता प्रसादलगायतले समाजशास्त्रीय महत्वका विभिन्न आयाममा चर्चा गरे।
सम्मेलनका विभिन्न सत्रमा शिक्षा, स्वास्थ्य, प्रविधि, जलवायु परिवर्तन, लैङ्गिक शक्ति र सम्बन्धलगायत विभिन्न क्षेत्रहरूका सामाजिक पक्षलाई समाजशास्त्रीय सिद्धान्तका आधारमा विश्लेषण गरिएका अनुसन्धान कार्यपत्रहरूको प्रस्तुतीकरण एवं बहस र छलफल गरिएको थियो ।
यस्ता थिए अनुसन्धानपत्रका क्षेत्र
नेपालमा पितृसत्ता, लैङ्गिक शक्ति सम्बन्ध र नारीवादी रूपान्तरणहरू, नेपालमा विद्यालय शिक्षाको इतिहास, लैङ्गिक निकाय, श्रम, स्वास्थ्य अभ्यास र दैनिक असमानता, डिजिटल समाज, प्रविधि, सामाजिक परिवर्तन, जाति, नागरिकता र समावेशीकरणको परिवर्तनशील गतिशीलता/बहिष्करण, नेपालमा आदिवासी पहिचान र मान्यताको राजनीति, जलवायु परिवर्तन, वातावरण, संरक्षण र प्रकोप अध्ययन, बसाइँसराइ, गतिशीलता र जनसाङ्ख्यिकीय परिवर्तन, विकास, पूर्वाधार, भूमि र अर्थतन्त्र, समाजशास्त्र विकास, न्याय र समुदाय रूपान्तरणहरू, डिजिटल रूपान्तरण नेपालको स्वास्थ्य र शिक्षा प्रणालीमा ज्ञान उत्पादन र समानता ।
सम्मेलनकै क्रममा स्थानीय तहमा सङ्घीयताको अभ्यास, सिकाइ र चुनौती विषयक छलफल समेत सम्पन्न भएको थियो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले सिकाइ र चुनौतीहरूका बारेमा प्रस्तुति गरेका थिए ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया