Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठविदेशभारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्

भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्


एजेन्सी:भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको पहिलो चरणको मतदान सकिएको छ । भारतीय निर्वाचन आयोगका अनुसार विहार राज्यका १८ जिल्लाका एक सय २१ विधानसभा क्षेत्रमा मतदान भएको हो ।

विधानसभा चुनावमा तीन करोड ७५ लाखभन्दा धेरै मतदाता सहभागी भएका बीबीसी हिन्दीले जनाएको छ । बिहार निर्वाचन आयोगका अनुसार राति सवा आठ बजेसम्मको विवरण अनुसार ६४.६६ प्रतिशत मतदान भएको छ ।

यो यसअघिका चुनावको तुलनामा सबैभन्दा धेरै मतदाताको सहभागिता हो । केही साना विवादका घटनाबाहेक धेरै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको खबरमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया