सामुहिक अलैंची खेतीबाट सवा करोड आम्दानी, किसानले पैसा बाँडेको तस्बिर भाइरल
संखुवासभा । ‘कालो सुन’ भनिने अलैँची खेतीबाट किसानले कमाएको रकमसम्बन्धी संखुवासभाको एक खबरले यति बेला सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ गोगनेमा सामुहिक रूपमा गरिएको अलैँची खेतीले गाउँको आर्थिक र सामाजिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।
अलैंची खेतीबाट यस वर्ष मात्र किसानहरूले एक करोड १७ लाख रुपैयाँ बढी आम्दानी गरेका छन्, किसानले बेचेको अलैँचीको पैसा टेबलमा राखेर बाँडफाँट गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेसँगै यो गाउँ अहिले राष्ट्रिय चर्चामा आएको छ ।
भाइरल तस्वीरमा किसानहरूलाई टेबलमाथि थुपारिएको नगद रकम बाँड्दै गरेको देखिन्छ ।
गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङ्गका अनुसार ती तस्वीर केही दिनअघि ठेकेदारहरूले किनेको अलैँचीको भुक्तानी किसानहरूले सामुहिक रूपमा बाँडफाँट गरिरहेको बेला खिचिएको हो । तस्वीरले केवल रकमको मात्र होइन, किसानहरूको एकता, पारदर्शिता र सामूहिक श्रमको कथा पनि बोकेको छ ।
गोगनेमा विगत सात वर्षदेखि सामुहिक अलैँची खेती हुँदै आएको छ । स्थानीय भुकुरचोङ्ग सामुदायिक वन क्षेत्रभित्रको बाँझो जमिनलाई उपयोग गर्दै सुरु गरिएको यो अभियान अहिले गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ ।
यस वर्ष मात्र त्यहाँ ११९ मन अलैँची उत्पादन भएको छ, जसको प्रतिमन मूल्य ९० हजारदेखि १ लाख रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कुलुङ जातिको बाहुल्य रहेको यस गाउँमा ५५ घरधुरी बसोबास गर्छन् । तीमध्ये ४७ परिवार गोगने सामुहिक अलैँची समूहमा आबद्ध भएका छन् । समूहका सदस्य अशोक कुलुङका अनुसार रोपाइँदेखि गोडमेल, टिपाइँ र बिक्रीसम्म सबै काम सामुहिक रूपमा गरिन्छ ।
यस वर्ष समूहले प्रतिपरिवार २ लाख ३६ हजार रुपैयाँका दरले आम्दानी बाँडेको छ । यसले गाउँलेहरूको जीवनस्तर उकास्नुका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि सहयोग पुगेको छ ।
साथै उक्त उत्पादनले शिक्षा, स्वास्थ्य र दैनिकीका खर्च सहज रूपमा धान्न सक्ने अवस्था बनेको स्थानीयको भनाइ छ । गोगनेको सामुहिक अलैँची खेतीले ग्रामीण विकासमा सहकार्य, विश्वास र दीर्घकालीन योजनाले कस्तो सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया