Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारअफताब आलमको मृत्यु

अफताब आलमको मृत्यु


काठमाडौं।नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिए।

आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको भट्टराईले बताए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।



तपाईको प्रतिक्रिया