Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठराजनीतिकांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पुस १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि कांग्रेसले बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

यसअघि आजै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने आशयको विज्ञप्ति जारी गरेका थिए ।

 



तपाईको प्रतिक्रिया