Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारएकीकृत समाजवादी पुनर्गठन: माओवादी र विप्लवसँग एकताको तयारी

एकीकृत समाजवादी पुनर्गठन: माओवादी र विप्लवसँग एकताको तयारी


काठमाडौं:नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए ।
अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको एक नेताले बताए । सो बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।
एकताका लागि पार्टी पुनर्गठन गरिएको बताइएको छ।



तपाईको प्रतिक्रिया