Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारनेतृत्व चयन र पार्टी पुनर्गठनबारेमा केही नेताले उपद्रव मच्चाए: केपी ओली

नेतृत्व चयन र पार्टी पुनर्गठनबारेमा केही नेताले उपद्रव मच्चाए: केपी ओली


काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयन र पार्टी पुनर्गठनको कुरा उठाउँदै केही नेताहरूले उपद्रव मच्चाएकाले मात्र महाधिवेशन एक वर्षअगाडि सारेको उनले बताएका छन् ।

शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको विद्वत वर्गको अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले नेतृत्व चयन र पार्टीमा पुनर्गठन चाहियो भन्ने साथीहरुले अनुशासनहीन ढंगले उपद्रव मच्चाएकाले एक वर्षपछि गरे हुने महाधिवेशन अगाडि सारेको स्पष्ट पारे ।

साथै उनले काम नगर्नेहरू मात्रै पार्टीलाई चाहिने र बाँकीले गए पनि फरक नपर्ने टिप्पणी गरे ।

यसका साथै उनले यसपालिको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन्।

अहिलेको अवस्थामा त्यति लामो समय महाधिवेशन गर्न आवश्यक नभएको उल्लेख गर्दै ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिए ।



तपाईको प्रतिक्रिया