शिक्षामन्त्रीको कडा चेतावनी: राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्त गरिने
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेशागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको बताएका छन् ।
सोही गुनासोसँगै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानून अनुसार पदबाट बर्खास्तसम्मको कारबाही गर्ने उनले चेतावनी समेत दिएका हुन् ।
मन्त्री पुनले आइतबार एक सूचना जारी गर्दै कुनै पनि पेशागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको समेत बताए।
‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानूनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं जारी सूचनामा भनिएको छ। दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ(संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको समेत उहाँले जानकारी गराए।
शिक्षक(कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील संघ(गठनहरूलाई गैर(राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउनका लागि कानूनी प्रबन्धसहित पुनर्गठन गर्न समेत जारी सूचनामा उल्लेख गरिएको छ।

ताजा अपडेट
- एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत
- माैसममा कुनै गडबडी नहुने
- माघ ११ गते राष्ट्रियसभा सदस्य चुनाव: निर्वाचन कार्यक्रम सार्वजनिक
- राजनीतिक दल खोल्न हाेडबाजी: १२३ दल दर्ता, ३२ प्रक्रियामा
- एनपिएल क्रिकेट आजदेखि
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया