गगन थापाको दाबी: फागुन २१ गते चुनाव हुनेमा द्विविधा छैन,कांग्रेसलाई सफल बनाइन्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गरेका छन् ।
उनले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह गरेका हुन् ।
पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि निर्वाचनमा जाने भएको महामन्त्री थापाको भनाइ छ ।
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संविधानलाई सही मार्गमा ल्याउने यही एकमात्र बाटो हो, यसमा कुनै अलमल छैन ।’
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भइरहेको अलमल २१ फागनुको निर्वाचनको विषयमा नभएको थापाको भनाइ छ । ‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो’, उनले लेखेका छन् ।
ताजा अपडेट
- एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत
- माैसममा कुनै गडबडी नहुने
- माघ ११ गते राष्ट्रियसभा सदस्य चुनाव: निर्वाचन कार्यक्रम सार्वजनिक
- राजनीतिक दल खोल्न हाेडबाजी: १२३ दल दर्ता, ३२ प्रक्रियामा
- एनपिएल क्रिकेट आजदेखि
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया