नेतृत्वमाथि भण्डारीको कटाक्ष: राजा हाँसेर गए, नेता जोगाउन हेलिकप्टर चाहियो
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र शाह हाँसेर मुकुट त्यागेर गएको स्मरण गराउँदै वर्तमान राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले जेन–जी आन्दोलनका क्रममा नेताहरूलाई जोगाउन हेलिकप्टर प्रयोग गर्नुपरेको अवस्थालाई प्रजातन्त्रको कमजोरीका रूपमा चित्रण गरे ।
उनले भने, “०६३/६३ सालको राजा, जसलाई हामीले तानाशाह भन्यौँ, उनले दरबारमा राजनीतिक साथीहरूलाई बोलाएर निशानी हस्तान्तरण गरे, श्रीपेच दिएर ‘अब तपाईंहरू राम्ररी बस्नुहोला’ भन्दै आफैँ गाडी चलाएर गए। तर आज हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाएर सुरक्षित ठाउँमा राख्नुपरेको छ।”
यस्तो अवस्था साँचो प्रजातन्त्र नभएको संकेत भएको भण्डारीको टिप्पणी थियो। उनले नेतृत्वले आफ्नै वरिपरि घुम्ने व्यक्तिहरूलाई मात्र सत्ता सुम्पिँदा मुलुक सुशासनतर्फ अघि बढ्न नसक्ने उल्लेख गरे।
जेन–जी आन्दोलनले मुलुकको शासन प्रणाली र नेतृत्वको कमजोरी उजागर गरेको भन्दै नेता भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी बनाउन गम्भीर आत्मसमीक्षा आवश्यक रहेको धारणा राखे ।
ताजा अपडेट
- ‘पार्टी फुट्न दिन्न’ भन्ने गगनकै नेतृत्वमा आज कांग्रेस तेस्रो पटक विभाजन
- कांग्रेसमा फुटः दुई महामन्त्रीसहित तीन नेता ५ वर्षका लागि निलम्बित
- नेपाली कांग्रेस तेस्रोपटक फुटको संघारमा, विशेष महाधिवेशन विवाद तीव्र
- नेकपासँग उज्यालो नेपालको एकता हुँदैन: कुलमान घिसिङ
- कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका ४ बजे सारियो
- गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै नेतृत्व हस्तान्तरणको माग
- सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
- सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- बैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस, विभिन्न कार्यक्रम मनाइँदै
- प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता
- नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान


तपाईको प्रतिक्रिया