विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित गगन थापा निर्वाचन आयोगमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहित विशेष महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी निर्वाचन आयोग पुगेका छन् ।
विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व परिवर्तन भएको निर्णय अद्यावधिक गराउन सभापति थापाको नेतृत्वमा पदाधिकारीहरूको टोली निर्वाचन आयोग पुगेको हो । आयोगमा आवश्यक कागजात बुझाउँदै नयाँ नेतृत्वको वैधानिकता दर्ता गराउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
यसअघि केही बेरअघि बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग जाने औपचारिक निर्णय गरेको थियो । सोही निर्णयअनुसार सभापति थापासहितको टोली आयोग पुगेको हो ।
यद्यपि, पार्टीका अर्काे पक्ष शेरबहादुर देउवा समूहले भने विशेष महाधिवेशन नै नरहेको दाबी गर्दै हिजै निर्वाचन आयोगमा पत्र पठाइसकेको छ । देउवा पक्षको उक्त पत्रपछि कांग्रेसको आधिकारिकताबारे आयोगले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
विशेष महाधिवेशनपछि पार्टी नेतृत्व, वैधानिकता र आधिकारिकताको विषयमा देखिएको विवाद अब निर्वाचन आयोगको निर्णयमा केन्द्रित भएको छ ।
ताजा अपडेट
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
- पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया