Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारभीम रावल प्रचण्ड र माधव नेपालको पार्टीमा प्रवेश गर्दै

भीम रावल प्रचण्ड र माधव नेपालको पार्टीमा प्रवेश गर्दै


काठमाडौं । आगामी कात्तिक २६ गते तत्कालिन नेकपा एमालेबाट अलग भइ नयाँ कम्युनिस्ट समूह निमार्ण गरेका भीम रावल नव गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

रावल नेतृत्वको मातृभूमि जागरण अभियानको समूहनै कात्तिक २६ गते दिउँसो राष्ट्रियसभागृहमा एक विशेष कार्यक्रम गरी समाहित हुने भएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमाबाट रावल समूह नेपाली कम्युनिस्ट पार्टीसँग समाहित भएर एकतामा आउन हुन तयार भएको स्रोतको भनाइ छ ।

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता रावल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले अलग भएका थिए । अलग भएपछि रावलले राष्ट्रको स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकता सम्बन्धी राष्ट्रवादी अभियानमा चलाइरहेका थिए । रावलको नारा थियो“राष्ट्रको स्वाभिमानमा सम्झौता हुँदैन ।”

उनको बुझाइमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता नेपालको मूल धरोहर हो । भारतसँगको सीमासम्बन्धी विवाद लिपुलेक, कालापानी, लिम्पियाधुरामा कडा राष्ट्रिय आवाज उठाउने एक नेतामा पर्दछन् ।

तत्कालिन नेकपा विघटन भएपछि एमाले भित्र केपी ओलीको एकल नेतृत्व र असहमतिप्रति असम्झदारी राख्ने, वैचारिक विचलन र समाजवादी दिशाको कमजोर एको टिप्पणी गर्ने, एमालेमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभाव देख्ने, नयाँ राजनीतिक विकल्प खोज्ने रावलको चिनारी थियो । त्यही कारणले नै एमालेले अलग भएर छुट्टै समूह निर्माण गरि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका थिए ।



तपाईको प्रतिक्रिया