Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारएमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभा: समाजवादीकी नेतृ झाँक्रीसहितका नेता फर्किए

एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभा: समाजवादीकी नेतृ झाँक्रीसहितका नेता फर्किए


काठमाडौं । विघटित नेकपा एकीकृत समाजवादीपार्टीकी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरु पुरानो घर नेकपा एमालेमा फर्किएका छन्।

एमालेले सोमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र नेता श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका हुन् । २०७८ सालमा एमाले विभाजन हुँदा उनीहरु नेकपा एकीकृत समाजवादीतिर लागेका थिए। यहि कात्तिक १९ गते एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुसँग एकतामा जाँदा उनीहरुले विरोध गरेका थिए।

घर फर्क अभियान घोषणा सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनाव चिन्ह सूर्य र उनीहरुले कलम चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरेका थिए ।



तपाईको प्रतिक्रिया