भक्तपुर- २ मा महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री मैदानमा
काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर–२ मा आगामी निर्वाचनका लागि राजनीतिक प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाले यस क्षेत्रमा पूर्व पत्रकार राजीव खत्रीलाई उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुर्याएको छ। रास्वपाका एक नेताका अनुसार पार्टी नेतृत्वले खत्रीलाई नै भक्तपुर–२ बाट अघि सार्ने लगभग निश्चित भएको हो।
यस क्षेत्रबाट नेकपा एमालेका सचिव तथा प्रभावशाली नेता महेश बस्नेत उम्मेदवार भइसकेका छन्। बस्नेत र खत्रीबीचको प्रतिस्पर्धालाई लिएर अहिले नै राजनीतिक वृत्तमा चासो बढ्न थालेको छ। दुवैबीच विगतदेखि सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप र वाकयुद्ध हुँदै आएको हुँदा चुनावी भिडन्त अझ रोचक हुने अनुमान गरिएको छ।
राजीव खत्री केही समयअघि मात्रै रास्वपामा आबद्ध भएका हुन्। सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका खत्रीले सुरुमा काठमाडौं क्षेत्र नम्बर–१० बाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेका थिए। तर पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको छलफलपछि उनलाई भक्तपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको स्रोतको दाबी छ।
महेश बस्नेतले पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध कडा आलोचना गर्दै आएका छन्। जेन–जी आन्दोलनपछिका उनका अभिव्यक्ति र गतिविधिका कारण बस्नेत थप चर्चामा छन्। यही पृष्ठभूमिमा बालेन शाहको राजनीतिक प्रभाव र समर्थनलाई ध्यानमा राख्दै रास्वपाले खत्रीलाई भक्तपुर–२ मा अघि सारेको विश्लेषण पनि भइरहेको छ।
भक्तपुर–२ महेश बस्नेतको परम्परागत निर्वाचन क्षेत्र मानिँदै आए पनि उनी अघिल्लो आमनिर्वाचनमा पराजित भएका थिए। अर्कोतर्फ, राजीव खत्री यसपटक पहिलोपटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिन लागेका हुन्।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया