झापा–५ बाट बालेनको उम्मेदवारी दर्ता, ओलीसँग सीधा प्रतिस्पर्धा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। योसँगै बालेन औपचारिक रूपमा संसदीय चुनावी राजनीतिमा प्रवेश गरेका छन्।
यो बालेनको पहिलो प्रतिनिधिसभा निर्वाचन हो। काठमाडौं महानगरपालिकाका प्रमुख पदबाट राजीनामा दिएर उनी राष्ट्रिय राजनीतिमा होमिएका हुन्। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उतारेको छ।
झापा–५ मा बालेनको मुख्य प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुने भएको छ। यद्यपि ओलीको उम्मेदवारी दर्ता भने अझै हुन बाँकी छ। ओली यस क्षेत्रबाट पटक–पटक निर्वाचित भइसकेका प्रभावशाली नेता मानिन्छन्।
यस निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि मैदानमा छन्। नेकपाबाट रञ्जित तामाङ र श्रम संस्कृति पार्टीबाट समीर तामाङ उम्मेदवार रहेका छन्। तर ओली र तामाङद्वयको उम्मेदवारी दर्ता प्रक्रिया भने हालसम्म पूरा भइसकेको छैन।
काठमाडौं महानगरपालिकामा मेयरका रूपमा गरेका कामका कारण बालेनले युवा मतदाता र परिवर्तन चाहने वर्गको ध्यान आकर्षित गरेका छन्। उनको उम्मेदवारीसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
अब झापा–५ मा स्थापित राजनीतिक शक्तिहरू र नयाँ राजनीतिक धारबीचको टक्करले निर्वाचन परिणामलाई कुन दिशामा लैजान्छ भन्ने चासो बढेको छ। यसको अन्तिम निर्णय आगामी निर्वाचनले गर्नेछ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया