पूर्वपछि सुदूरपश्चिमतर्फ बालेन, चुनावी दौडधूप तीव्र
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशव्यापी चुनावी अभियानमा सक्रिय बनेका छन्। पूर्वका विभिन्न जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका बालेन अब सुदूरपश्चिम जाने तयारीमा छन्।
माघ ४ गते राजीनामा दिएपछि जनकपुर हुँदै झापा पुगेका बालेनले झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गराएका छन्। त्यसपछि इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुममा समर्थकसँग भेटघाट गरेका थिए। पूर्वी भ्रमणलाई उनको चुनावी अभियानको प्रारम्भिक चरणका रूपमा हेरिएको छ।
अब बालेन अछामदेखि कैलालीसम्म सुदूरपश्चिमका जिल्लामा चुनावी प्रचारमा सहभागी हुनेछन्। सुदूरपश्चिमपछि उनी काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा पनि सक्रिय हुने कार्यक्रम छ। यसबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सार्वजनिक बहस गर्ने प्रस्तावलाई बालेनले अस्वीकार गर्दै कडा प्रतिक्रिया जनाएका छन्।
चुनावी अभियान, आक्रामक अभिव्यक्ति र विवादका बीच बालेनको गतिविधिले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिएको छ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया