Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारफागुन २१ काे निर्वाचनका लागि २ लाख ९ हजार नयाँ मतदाता थपिए

फागुन २१ काे निर्वाचनका लागि २ लाख ९ हजार नयाँ मतदाता थपिए


काठमाडौँ । निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्।

आयोगकाे विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा पुरुष १ लाख २२ हजार ७४० जना र महिला ८६ हजार ७८५ जना रहेका छन् । अन्य २७ जना रहेका छन् ।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले जेन जेड समूहलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य गत असोज ९ गतेबाट सुरु गरेको थियो । मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।



तपाईको प्रतिक्रिया