मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित
धनुषा, ३० फागुनःमधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा दिइएका अधिकार कार्यान्वयन भएमा प्रदेशका धेरै समस्या समाधान प्रदेशबाटै गर्न सकिने उल्लेख गर्दै मधेसको समग्र विकासमा नै आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । जनकपुरमा निर्माण गरिने मधेस प्रदेश प्रहरी कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले सङ्घीय व्यवस्थाको पूर्ण कार्यान्वयन भएमा मधेसका नागरिकले आफ्ना अधिकार प्राप्तिका लागि बारम्बार काठमाडौं धाउन नपर्ने बताउनुभयो । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर ती क्षेत्रको विकासका निम्ति हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । पर्याप्त स्रोतसाधनको अभावमा जनअपेक्षा पूरा गर्न कठिन भएको उहाँको कथन थियो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया