तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न
काठमाडौँ, ३० फागुनः नेपाल औषधि उत्पादक सङ्घ (एपन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ यही फागुन २८, २९ र ३० गते एक्स्पो आयोजना गरिएको थियो । सङ्घले प्रत्येक दुई वर्षमा आयोजना गर्ने यो एक्सपोको दशौँ संस्करण हो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लब अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन यो एक्सपो आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व परिवेशमा औषधि बनाउनका लागि कस्ताखालका प्रविधि विकास भएका छन् ? नयाँ आविष्कार भएका नयाँ प्रविधिहरुलाई आत्मसात् गरेर नेपाली औषधि बनाइरहेका छौँ भन्ने जानकारी दिन एक्स्पो आयोजना गरेका हौँ ।” उहाँले नेपालमा उत्पादित औषधिको गुणस्तरमा कुनै शङ्का नगर्न आग्रहसमेत गर्नुभयो । एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यले जनताको सामू अन्तरराष्ट्रिय मापदण्ड र गुणस्तरको औषधि बनाइरहेको देखाउन एक्स्पो आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार तीन दिनमा २५ हजार बढीले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पोमा २०० भन्दाबढी प्रदर्शनी कक्ष थिए भने कुल प्रदर्शनी कक्षमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो । साथै विश्वबजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिनुका साथै स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादन पनि राखिएको थियो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया