नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
काठमाडौँ, १ चैतः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो । आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, लगानी शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ४६ र म्युचुअल फण्ड समूह शून्य दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज व्यापार समूह सबैभन्दा बढी दुई दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७४, वित्त शून्य दशमलव २२, जलविद्युत् शून्य दशमलव शून्य छ, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १६ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ । सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको ८१ करोड एक लाख २१ हजार २०१ बराबरको २७ लाख २१ हजार ९८० बराबरको कारोबार भएको छ । —
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया