सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल
काठमाडौँ । सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग औपचारिक वार्ता प्रक्रिया सुरु गरेको छ ।
बुधबार बिहान गृह मन्त्रालयमा भएको बैठकमा अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा पुगेको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रारम्भिक वार्ता गरेको हो ।
वार्तामा अभियानका संयोजक दुर्गा प्रसाईं भने स्वयम् सहभागी भएनन् । तथापि, उनले सरकारको वार्ताका लागि गरिएको बोलावटलाई स्वागत गर्दै, संवादमै समस्या समाधानको बाटो खोजिने विश्वास व्यक्त गरेका छन् । प्रसाईंले सामाजिक सञ्जालमार्फत लेखेका छन्( “सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसको स्वागत गर्दछौं । हामी जनताका पक्षमा उठेका मुद्दा वार्तामार्फतै उठाउनेछौं ।”
गृह मन्त्रालयका अनुसार वार्तामा आगामी मंसिर ७ गतेदेखि सुरु गर्ने भनिएको आन्दोलनका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरिएको थियो । सोही क्रममा अभियानका प्रतिनिधिहरूले तत्कालका लागि आन्दोलन स्थगित गर्ने निर्णय लिएका छन् ।
मन्त्रालय स्रोतका अनुसार सरकारले प्रसाईं समूहसँगका प्रमुख मागहरूबारे विस्तृत छलफल अघि बढाउने तयारी गरेको छ । सरकारले आन्दोलनका मागहरूबारे औपचारिक वार्ता समिति गठन गर्ने र सुरक्षासम्बन्धी चासोका विषयमा प्रष्टिकरण दिने संकेत पनि गरेको छ ।
प्रसाईं समूहले विगत केही महिनादेखि ‘राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिको संरक्षण’का नाममा देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानले आर्थिक पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र राष्ट्रवादी नीतिको पुनर्स्थापनाको माग गर्दै आन्दोलनको तयारी गरेको थियो ।
सरकार र आन्दोलनबीच संवाद सुरु भएपछि तत्कालका लागि राजमार्ग अवरोध, प्रदर्शन र आमसभा जस्ता कार्यक्रमहरू रोकिएका छन् । तर, अभियानले “वार्ताको नतिजा सन्तोषजनक नभए आन्दोलन पुनः अघि बढाइने” चेतावनी दिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूसँग कुरा गर्दै भने, “राजनीतिक वा सामाजिक असन्तुष्टिलाई सडकमा होइन, संवादको मेजमा समाधान गर्नुपर्छ ।
सरकार त्यसकै तयारीमा छ,” भन्ने प्रतिक्रिया दिएका छन् । सरकार–प्रसाईं समूहबीचको वार्ता प्रक्रिया निरन्तर चल्ने गृह मन्त्रालयले जनाएको छ । अबको छलफलमा आन्दोलनका माग, धार्मिक स्वतन्त्रता, शैक्षिक क्षेत्र र वैदेशिक नीति सम्बन्धी अभियानका प्रस्तावहरूमा केन्द्रित हुने बुझिएको छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया