Techie IT
  • मंगलबार, वैशाख ८, २०८३ / Wednesday, April 22, 2026
गृहपृष्ठमुख्य समाचाररुखले च्यापिएर एक जनाको मृत्यु

रुखले च्यापिएर एक जनाको मृत्यु


त्रिवेणी (रुकुम पश्चिम), १ चैतः जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ । हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो । मिस्त्री काम गरी घर फर्किने क्रममा हावाहुरीका कारण ओखरको रुखको हाँगा भाच्चिएर लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । घटनाको खबर पाएलगत्तै प्रहरीचौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावत नेतृत्व तीन जनाको टोली घटनास्थल पुगेको उहाँले बताउनुभयो ।



तपाईको प्रतिक्रिया