जेनजी आन्दोलनपछि पहिलोपटक बोले रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता टुंगो लगाउने हो भने पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताएका छन्।
आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै लेखकले विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्ने बताए।
‘विशेष महाधिवेशन गर्न विधानअनुसार साथीहरूले हस्ताक्षर गरी दर्ता गरेको स्थिति छ, हामीले नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौं,’ उनले भने, ‘विशेष महाधिवेशनसम्म जानै हुन्न। विशेष महाधिवेशन माग गर्ने साथीहरूको भावना समेटेर विशेष महाधिवेशन माग एजेन्डा फिर्ता गर्न लगाउनुपर्छ, क्रियाशील नवीकरण र नयाँ वितरण सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ।’
उनले विशेष महाधिवेशन गरे त्यो बेमेलको महाधिवेशन हुने पनि दाबी गरे। पार्टीभित्र विशेष महाधिवेशनले असहमति र अन्योलको अवस्था ल्याउने उनको भनाइ छ।
‘विशेष महाधिवेशन ४० प्रतिशत हस्ताक्षरले माग गर्न सके पनि त्यसको कार्यविधिलगायत प्रक्रिया के हुन्छ भन्ने अन्योल छ,’ उनले भने, ‘विशेष महाधिवेशन कार्यविधि के हुनेजस्ता अन्योलमा लैजानु भनेको त्यसले पार्टीलाई विभाजन गर्न सक्छ।’
उनले विशेष महाधिवेशन पक्षधर र विशेष महाधिवेशन गर्न हुन्न भन्नेबीच यसको प्रक्रियालाई लिएर विवाद हुन सक्ने पनि बताए।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया