मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव
झापा, १ चैतः मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन)को अभाव भएको छ । सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति ढिलो भएपछि अभाव भएको नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताउनुभयो । यसले गदाृ स्थानीयले महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य हुनुपरेको उहाँले बताउनुभयो । नगरपालिका–१० स्थित मेचीनगर आधारभूत अस्पतालमा विगत १५ दिनदेखि खोपको मौज्दात सकिएको हो । स्वास्थ्य शाखा प्रमुख सापकोटाले नगरमा मासिक पाँच सयदेखि एक हजार डोजसम्म खोप खपत हुने भए पनि माथिल्लो निकायबाट महिनामा जम्मा दुई सयदेखि तीनसय डोज मात्र उपलब्ध हुँदा समस्या भएको बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा आउने खोप त्यहाँबाट स्थानीय तहले पाउने व्यवस्था छ । खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिए पनि हालसम्म खोप प्राप्त नभएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा नपाउँदा न्यून आय भएका नागरिकहरू थप आर्थिक मर्कामा परेका छन् । सरकारी अस्पतालमा रु ३५० बुझाउँदा तीन पटकको पूर्ण डोज खोप उपलब्ध हुने गरेकामा हाल निजी क्लिनिकले प्रतिपटक रु ६५० सम्म शुल्क लिने गरेको जनगुनासो छ । स्वास्थ्य कार्यालय झापाका ‘स्टोरकिपर’ युवानाथ बरालले केन्द्रले स्थानीय तहका अस्पतालमा सिधै सुई पठाउने प्रणाली भएकाले जिल्ला तहमा यसको मौज्दात र अभावबारे जानकारी नहुने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तोकेरै पालिकाहरूमा खोप पठाउने हुँदा समन्वयमा समेत समस्या देखिएको उहाँको भनाइ छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया