पोखरामा ‘मनको राजा’ प्रदर्शन
गण्डकी, १ चैतः ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउन्डेसन घान्द्रुकद्वारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा आज ‘प्रिमियर शो’ प्रदर्शन गरिएको छ । सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखराको मिडटाउन फिल्म हलमा प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने विश्वास रहेको बताउनुुभयो । घान्द्रुक आसपास क्षेत्रमा निर्माण गरिएको चलचित्र मनको राजा सबैको राजा बन्छ भन्ने विश्वास लिएको उल्लेख गर्दै उहाँले चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताउनुभयो । चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री तयार गरिरहेको बताए । घान्द्रुकको पवित्र मन्दिर सबैले पुज्दै आएको ब्रेज मेश्रम बराह, उक्त नामा विभिन्न व्यक्ति मिलेर फिल्म प्रोडक्सन हाउस स्थापना गरिएको बताउँदै उहाँले घान्द्रुक आफँैमा पर्यटकीय क्षेत्र भएको र चलचित्रको माध्यमबाट यसलाई अझै विकास गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री निर्माण गरिरहेको बताउनुभयो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया