योगमाया आयुर्वेद विश्वविद्यालय केन्द्रीय कलेज स्थापनासँगै स्नातकोत्तर सञ्चालन
किमाथाङ्का (सङ्खुवासभा), १ चैत : सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयअन्तर्गत केन्द्रीय कलेज स्थापना तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । आज यहाँ आयोजित एक विशेष कार्यक्रमकाबीच विश्वविद्यालयको केन्द्रीय कलेज उद्घाटन गर्दै उच्च शिक्षाका कार्यक्रम सुरु गरिएको घोषणा गरिएको हो । विश्वविद्यालयका उपकुलपति डा रमेश ढुङ्गेलले सम्बोधन गर्दै आयुर्वेदिक शिक्षा र अनुसन्धानलाई सुदृढ बनाउन विश्वविद्यालयले महत्वपूर्ण पहल थालेको बताउनुभयो । उपकुलपति ढुङ्गेलले खाँदबारीमा केन्द्रीय कलेज स्थापना हुनु सङ्खुवासभा जिल्लाका साथै समग्र कोशी प्रदेशकै लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले आयुर्वेद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्नातकोत्तर तहको कक्षा सञ्चालनले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संस्थाको स्थापना र स्नातकोत्तर कक्षाको सञ्चालनलाई ऐतिहासिक उपलब्धि मान्दै यसले जिल्लामा उच्च शिक्षा र आयुर्वेद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो । वक्ताहरूका अनुसार हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतको वैज्ञानिक अध्ययन र उपयोगमार्फत आयुर्वेद चिकित्सा प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य विश्वविद्यालयले लिएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय “योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९” अनुसार स्थापना गरिएको हो । यसको केन्द्रीय कार्यालय खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको छ । सतिप्रथा अन्त्यका लागि लड्ने क्रान्तियोद्धा योगमाया न्यौपानेको जन्म १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडा मझुवाबेँसीमा भएको थियो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटकपटक तत्कालीन राणा सरकारसँंग माग गर्दा कुनै निर्णय नभएपछि योगमायाले अभियान नै सञ्चालन गरेकी थिइन् । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यको लागि नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले जलसमाधी लिएका थिए । उनीहरुले समाधी लिएको ठाउँ षडानन्द नगरपालिका–६ मझुवावेसीमा पर्छ ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया