प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता,निर्वाचन विशेष छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारेमा छलफल गरेका छन् ।
सोही छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरुसँगको छलफल, राजनीतिक दल दर्ता र मतदाता नामावली दर्ता लगायतका विषयहरुमा प्रधानमन्त्री कार्कीले चासो राखेका थिए ।
यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिनुभएको थियो। आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ। निर्वाचनको बारेमा राजनीतिक दलहरु सशंकित भइरहेको समयमा आयोगसँग प्रधानमन्त्री कार्कीले गर्नुभएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया