‘पहाड’ मा नेपाली समाजको कथा
काठमाडौँ, २ चैत : निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताउनुभएको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको सो चलचित्रको आइतबार श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाड एकदमै सुन्दर ठाउँ हो । तर, पछिल्लो समय युवा पलयान भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइ सरेका छन् । हेर्दा हेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।” निर्देशक घिमिरेले दर्शकसँगै यो चलचित्र घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएकोे ‘पहाड’ मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउनुभएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया