Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारकेपी ओलीको अहंकार बढेको छ: भीम रावल

केपी ओलीको अहंकार बढेको छ: भीम रावल


काठमाडौं। मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान(राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिष्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताएका छन्।

काठमाडौंको राष्ट्रिय सभा गृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै संयोजक रावलले यस्तो बताए। युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाएर अगाडि बढाउनुपर्नेमा उनको जोड छ।

मुलुकको विकास र शान्ति सु(व्यवस्थाका लागि कम्युनिष्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत उनले टिप्पणी गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप समेत लगाए।ओलीको अंहकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको संयोजक रावलको भनाइ थियो।



तपाईको प्रतिक्रिया