Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारदिल्ली कार विस्फोट आतंकवादी हमला रहेकाे भारत सरकारकाे ठहर

दिल्ली कार विस्फोट आतंकवादी हमला रहेकाे भारत सरकारकाे ठहर


एजेन्सी : भारत सरकारले दिल्लीको लालकिल्ला नजिकै १३ जनाकाे ज्यान जाने गरि भएको कार विस्फोटलाई ‘आतंकवादी हमला’ भएको घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको कडा शब्दमा निन्दा गर्ने प्रस्ताव पारितसमेत गरेको छ।

बैठकपछि केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, ‘१० नोभेम्बरमा लालकिल्ला नजिकै देशविरोधी तत्वहरूले कार बम विस्फोट गराई आतंकवादी घटनालाई अन्जाम दिए। घटनामा मारिएका परिवारप्रति सरकार गहिरो संवेदना व्यक्त गर्दछ र घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दछ,’ सञ्चारकर्मीसँग उनले भने। सरकारले सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले गरेको उद्धार र उपचारमा देखाएको सक्रियतालाई प्रशंसा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमार्फत स्थितिको समीक्षा गरेपछि मन्त्रिपरिषद् बैठक आयोजना गरेका थिए।



तपाईको प्रतिक्रिया