दिल्ली कार विस्फोट आतंकवादी हमला रहेकाे भारत सरकारकाे ठहर
एजेन्सी : भारत सरकारले दिल्लीको लालकिल्ला नजिकै १३ जनाकाे ज्यान जाने गरि भएको कार विस्फोटलाई ‘आतंकवादी हमला’ भएको घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको कडा शब्दमा निन्दा गर्ने प्रस्ताव पारितसमेत गरेको छ।
बैठकपछि केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, ‘१० नोभेम्बरमा लालकिल्ला नजिकै देशविरोधी तत्वहरूले कार बम विस्फोट गराई आतंकवादी घटनालाई अन्जाम दिए। घटनामा मारिएका परिवारप्रति सरकार गहिरो संवेदना व्यक्त गर्दछ र घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दछ,’ सञ्चारकर्मीसँग उनले भने। सरकारले सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले गरेको उद्धार र उपचारमा देखाएको सक्रियतालाई प्रशंसा गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमार्फत स्थितिको समीक्षा गरेपछि मन्त्रिपरिषद् बैठक आयोजना गरेका थिए।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया