असिनाले फलफूल र तरकारी बालीमा क्षति
गण्डकी, २ चैतः असिनाका कारण पोखराका विभिन्न भू–भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ । असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । सुन्तला, आँप, लिची जस्ता फलफूलमा फूल फुल्न लागेका अवस्थामा आएको असिनाले क्षति बनाएको हो । असिनाले लसुन, प्याज, तरबुजा आदि खेतीमा पनि असर परेको उहाँले बताउनुुभयो । बर्सेनि क्षति पुग्ने गरेकाले असिना छेक्ने जाली उपलब्ध गराउनुपर्ने किसानको माग छ । पछिल्ला वर्षमा असिना छेक्ने जालीको प्रयोगलाई बढाउँदै लगिएको शाखा प्रमुख कडरियाले बताउनुभयो । महानगरपालिकाले हालसम्म करिब ५०० थान जाली ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइसकेको उहाँको भनाइ छ । कृषि बिमातर्फको आकर्षण पनि बिस्तारै बढ्दै गएको उल्लेख गर्दै उहाँले तरबुजा खेती गर्ने किसानले कृषि बिमा गरेको पाइएको उहाँले बताउनुभयो । असिना, हावाहुरीलगायत प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि किसान समस्यामा पर्ने गरेका अगुवा किसान रमेश अचार्य बताउनुहुन्छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया