Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचाररास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए

रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।

पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए ।

उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।

उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।

परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले बतायो ।

यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् ।



तपाईको प्रतिक्रिया