चितवन, ६ चैतः ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्सको रु १६० मा बिक्री हुन थालेका छन् । ब्रोइलरको लागत मूल्य रु ६५ र लेयर्सको रु १२० पर्न आउँछ । यसले दुई वर्षभन्दा बढी समय लागत मूल्यभन्दा कममा चल्ला बेच्नुपर्दा समस्यामा परेका ह्याचरी उद्योगलाई राहत पुगेको उहाँले जानकारी दिनुभयो । पुस महिनायता क्रमशः मूल्य बढ्दै गएको हो । त्यसअघि रु २५ सम्ममा बोइलर चल्ला बेच्नुपर्ने बाध्यता रहेको थियो । मूल्य घटेपछि उद्योगले दुई सातासम्म चल्ला उत्पादन नै रोकेका थिए । यहाँ दुई सय ५० भन्दा बढी ब्रोइलर चल्ला र चार वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग बन्द भएका अध्यक्ष लामिछानेले बताउनुभयो । “मूल्य नपाएका कारण धेरै उद्योग बन्द भएका छन् । हाल १०० वटा ब्रोइलरका र १० वटा लेयर्सका ह्याचरी सञ्चालनमा छन् । एक हप्तामा ती उद्योगबाट लेयर्सका एक लाख र ब्रोइलरका ३० लाख हाराहारी चल्ला उत्पादन हुने गरेका छन् । बढी चल्ला उत्पादन हुँदा सातामा ब्रोइलरका ४२ लाखभन्दा बढी र लेयर्सका तीन लाख ५० हजार चल्ला उत्पादन हुने गरेका थिए”, उहाँले भन्नुभयो । हाल उत्पादनमा कमी भएको र भारतीय नाकाबाट चल्ला आउन रोकिएपछि यहाँको उत्पादनले बजार पाएको लामिछाने बताउनुभयो । उहाँका अनुसार भारतमा चल्लाको मूल्य बढी छ भने सीमानाकामा कडाइ गरिएको छ । यसअघि कुखुरापालन गर्ने धेरै साना किसान विस्थापित भइसकेका छन् । लेयर्स कुखुरा ठूलो सङ्ख्यामा पालिँदै आएकामा पछिल्लो समय एकै किसानले सात लाखसम्म ब्रोइलर कुखुरा पाल्न थालेपछि बजारको माग धान्न सहज भएको अध्यक्ष लामिछानेको भनाइ छ । “सरकारले सीमा क्षेत्रबाट अवैध पोल्ट्रीजन्य पदार्थ रोकेमा यहाँका किसानले राहत पाउँछन् । यसमा हामीले लामो समयदेखि दबाब दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया