हर्क साम्पाङले एमालेको गढबाट चुनाव लड्ने, मेयर पद त्याग्ने
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले फागुन २१ को प्रतिनिधिसभा चुनावमा एमालेको गढबाट चुनाव लड्ने तयारी गरेका छन् । हर्क सुनसरी–१ बाट लड्ने तयारीमा जुटेका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्।
उक्त पार्टी दर्तापछि मेयर साम्पाङ अब आफै चुनाव लड्छन् कि अरूलाई चुनाव उठाएर समर्थन मात्र गर्छन् भन्ने धेरैको चासोको विषय बनेको छ।
हामीले यसबारे मेयर साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य समिर तामाङसँग कुरा गर्दा उनले सुनसरी–१ बाट साम्पाङ प्रतिनिधिसभा चुनाव लड्ने जानकारी दिए।
राजनीतिक दल खोलेका मेयर साम्पाङ आउँदो प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने तयारी छ कि छैन भन्ने सेतोपाटीको प्रश्नमा केन्द्रीय सदस्य तामाङले भने, ुशतप्रतिशत लड्नुहुन्छ। उहाँ त्यसको तयारीमा जुटिसक्नुभएको छ।ु
श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले पनि पार्टी अध्यक्षसमेत रहेका मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको जानकारी दिए।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया