छ वटा खोलामा तटबन्ध निर्माण
गोदावरी (कैलाली), ७ चैतः जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षमा विनियोजित रु एक करोड ३० लाख बजेटमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्ने उद्देश्यले तटबन्ध निर्माण सुरु भएको हो । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको लगानीमा बर्दगोरियाका विभिन्न स्थानका छ वटा नदी तथा खोलामा तटबन्ध निर्माण भइरहेको भू तथा जलाधार कार्यालय कैलालीले जनाएको छ । कार्यालयका इन्जिनियर ताराप्रसाद भट्टका अनुसार उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण सुरु भएको हो । बर्दगोरिया-४ स्थित कुवाघाटकाँडा नदीमा रु ४० लाखमा ठेक्का लगाई काम सुरु गरिएको इन्जिनियर भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ४ स्थित टुन्द्रा क्षेत्रमा भूक्षय नियन्त्रणका लागि रु १० लाख, वडा नं ६ मा रहेको सुवरखालकाँडा नदीमा रु ३० लाख, वडा नं ६ घैला नदीमा रु १५ लाख, वडा नं २ स्थित पथहरिया नदीको कटान नियन्त्रणका लागि रु १५ लाख र वडा नं ५ मा रहेको पथरैया नदीको कटान नियन्त्रणका लागि रु २० को लागतमा उपभोक्ता समितिमार्फत तटबन्धनको काम सुरु भएको छ । बर्दगोरियाका छवटै नदी तथा खोलामा चालु आर्थिक वर्षको असारमसान्तसम्ममा काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको कार्यालयले जनाएको छ । वर्षायाममा ती नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्धनले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । छवटै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्धन निर्माण प्रभावकारी हुने जनाइएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया