नेपालगञ्जमा इद उल फित्र मनाइयो
नेपालगञ्ज, ७ चैतः मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले नेपालगञ्जको बिपीचोकस्थित इदगाहमा इद उल फित्र मनाएका हुन् । यस वर्ष पर्वको अघिल्लो दिनदेखि वर्षा भइरहेकाले अघिल्ला वर्षको जस्तै सडकसहित खुला स्थानमा घुइँचो नभए पनि मस्जिदमा मुश्लिम धर्मावलम्बीको घुइँचो लागेको थियो । इदगाहको भित्रपट्टीको खुला स्थानमा केहीले छाता ओढेर र केहीले पानीमा भिजेर नमाज पाठ गर्नुभएको थियो । अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउने चलन छ । यस अवसरमा नमाज पढेपछि खुसी साटासाट गर्दै बाँके क्षेत्र नं २ का प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहम्मद इस्तियाक राईले एक महिनाको व्रतपछि आज पर्व मनाइएको बताउनुभयो । उहाँले पर्वको अवसरमा सबैलाई शुभकामना दिँदै इदले विश्व शान्तिको कामना गर्न सकोस् भन्नुभयो । उहाँले अल्लाहसँग प्रार्थना गरेर मुलुक र आमनागरिकको सुख र समृद्धिको कामना गरेको भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना प्रदान गर्नुभयो । नेपालगञ्ज–१७ परस्पर निवासी निजामुद्दिन इद्रिसीले एक महिनाको रोजा बस्नु भनेको प्रत्येक मुश्लिम समुदायको कर्तव्य र धर्म हुने उल्लेख गर्दै इद शान्तिको पैगाम भएको बताउनुभयो । उहाँले विश्व शान्तिका लागि प्रार्थना गरिएको भन्दै मुश्लिम समुदायका लागि विश्वमा कुरान, अजान एकमात्र धर्मग्रन्थ रहेको उल्लेख गर्नुभयो । मुश्लिम समुदायमा विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मिष्ठान्न भोजन गराउने प्रचलनसमेत रहेको छ । खुसीपूर्वक दानगरी दुःखी तथा गरिबलाई बाँडिने भएकाले यसपर्वलाई इद उल फित्र भनिएको हो । यसबाहेक नेपालगञ्जका अन्य मस्जिद तथा इदगाहमा पनि विशेष नमाज पाठ गरिएको थियो । एक महिनादेखि मुस्लिम समुदायको लामो व्रत (रोजा) सुरु भएको थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया