बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध
ढोरपाटन (बागलुङ), ८ चैतः चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ । बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न थालिएको हो । गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत तटबन्धन तथा नदी नियन्त्रण गर्न थालिएको हो । गत वर्ष २५ स्थानमा तटबन्ध गरिएको थियो । यस वर्ष बागलुङ नगरपालिकाको दुई, गलकोट नगरपालिकाको ६, बडिगाड गाउँपालिकाको तीन, ढोरपाटन नगरपालिकाको एक र बरेङ गाउँपालिकाको दुई स्थानमा तटबन्ध गर्न थालिएको हो । रु एक करोड ३० लाख लागतमा १४ स्थानमा तटबन्ध गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ–३ सिगाला र वडा नं १२ गङ्गेखाल्टामा तटबन्ध गरिने छ । सबैभन्दा बढी तटबन्ध गलकोटमा हुँदै छ । गलकोट–५ मा खहरेखोला, वडा नं ९ को दरमखोला, वडा नं ३ गौदीखोला र दरमखोला, वडा नं २ को नरेठाँटीखोला र वडा नं ११ को काउछेरिगमा तटबन्ध गर्न थालिएको छ । बडिगाड गाउँपालिका–५ र ६ मा बडिगाड खोला तथा खहरेखोला, ढोरपाटन–५ स्थित भुजीखोलामा तथा बरेङ गाउँपालिका–२ स्थित हुग्दिखोलाको दुई स्थानमा तटबन्ध गरिने सूचना अधिकारी नेपाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १४ स्थानमा बस्ती संरक्षण गर्नेगरी तटबन्धको काम सुरु भएको छ, अधिकांश योजनाको सम्झौता गरेर काम अगाडि बढेका छन्, केही योजना सम्झौताकै चरणमा रहेका छन् ।” गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बर्खामा साना तथा ठूला खोलामा पानीको सहत बढ्दा बस्ती नै जोखिममा परेको हुँदा पछिल्लो केही वर्षदेखि बस्ती संरक्षणको काम गर्दै आएको बताउनुभयो । नगरपालिका र प्रदेश सरकारको लगानीमा दरमखोला तथा गौदीलोखाको विभिन्न क्षेत्रमा तटबन्धनको काम गर्दै आएको उहाँको भनाइ छ । प्रदेश सरकारको लगानीमा यस वर्ष गलकोटमा रु ५५ लाखको लागतमा ६ तटबनध गर्न थालिएको छ ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया