डोटीमा ‘अन्तरराष्ट्रिय महाशिर एङ्गलिङ’ प्रतियोगिता
डोटी, ९ चैत: नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तरराष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बोगटान फुड्सिल गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, मोहन्याल गाउँपालिका कैलाली, ठाकुर बाबा नगरपालिका बर्दिया, चौकुने गाउँपालिका सुर्खेतलगायतको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । आइतबारदेखि सुरु भएको प्रतियोगिता यही चैत १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आजदेखि डोटीको दिपायलस्थित सेती नदीबाट जलयात्रा सुरु भई अप्रिल १ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक देवराज जोशीले जानकारी दिनुभयो । प्रतियोगितामा सबैभन्दा लामो माछा समाउनेलाई नगद रु २५ हजार र शिल्ड पुरस्कारको व्यवस्था रहेको उहाँले बताउनुभएको छ । प्रतियोगितामा नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका गरी २५ जनाको सहभागिता रहेको छ । संयोजक जोशीका अनुसार प्रतियोगीलाई चारवटा समूहमा विभाजन गरिएको छ । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रतियोगिताले यहाँको जल पर्यटन सम्भावनाको उजागर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी हिउँदको समयमा र्याफ्टिङ गरेर साहसिक अनुभूति लिन पर्यापर्यटनका क्रियाकलाप हुन्छन्, यसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँछ । यसलाई संस्थागत रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्नेछ ।” बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले यहाँको सम्भावनालाई उजागर गरी नागरिकलाई लाभ मिलोस् भन्ने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रतियोगिताले नेपालको जल पर्यटनमा थप टेवा पुर्याउने छ भने त्यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । यस प्रतियोगितामा सहभागी भएकाहरूले यहाँका सकारात्मक पक्षलाई आफ्नो देशमा प्रचार गर्नेछन् ।”
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया