मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ
सिरहा, ९ चैत : प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ मा भएको हो । सो स्थानमा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिताले तीन महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । दोस्रो घटना लहान–३ अस्पताल चोकमा रहेको ‘अनलाइ होटल एन्ड लज’मा भएको हो । होटल सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार महिलालाई सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर वेश्यावृत्ति गराएको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । त्यसैगरी, तेस्रो घटना धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले दुई महिलालाईसप्तरीको बलानबिहुल–६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबर्जस्ती वेश्यावृत्ति गराएको प्रहरीको आरोप छ । उनीहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘साङ्केतिक नाम’ दिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । जिल्लामा पछिल्लो समय होटल तथा निजी घर प्रयोग गरी यस्ता अवैध गतिविधि सञ्चालन गरिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया