कांग्रेसले विगतका कमजोरी स्वीकार गर्दै फेरि नेतृत्व लिन सक्ने गरी निर्णय गर्छ: पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसले विगतका गल्ती कमजोरी स्वीकार गर्दै जनतासँग माफी मागेर फेरि नेतृत्व लिन सक्ने गरी निर्णय गर्न समय लागेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।
उनले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचाप सामना गर्न सक्ने निर्णय गर्न केही समय लागेकाले धैर्य गर्न पनि अपिल गरेका छन्।
एक महिना केन्द्रीय समिति बैठक चले पनि अहिलेसम्म महाधिवेशनसहित केही निर्णय लिन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेका बेला कार्यवाहक सभापतिबाट यस्तो प्रतिक्रिया आएको हो।
ुमेरो बारेमा सार्वजनिक रूपमा यहाँहरूले गर्नुभएको जस्तोसुकै टिप्पणीलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणी नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन्,ु खड्काले शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।
उनी अगाडि लेख्छन्, ुइतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचाप सामना गर्न, हाम्रा विगतका गल्ती(कमजोरी स्विकारी नेपाली जनतासँग माफी मागेर, विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ।ु
उनले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्मलाई बुझिदिन र धैर्य राखिदिन अनुरोध गरेका छन्।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया