सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
काठमाडौं । मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आईतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन् ।
माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए। उनले सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरु सम्मान गर्ने बताउदै त्यसपछि आफूहरु ७ दलिय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताए ।
७ दलिय गठबन्धनमा नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र,लोसपा, नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आईतवार उनीहरु नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन् ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया