Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारकश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु

कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु


एजेन्सी । भारत नियन्त्रित कश्मीरको एक प्रहरी चौकीमा बरामद विस्फोटक पदार्थको थुप्रो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ ।

अन्य ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । भारत नियन्त्रित कश्मीरको राजधानी श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रवार राति भएको ठूलो विस्फोटमा नौ जनाको मृत्यु भएको हो ।

विस्फोटको प्रकृति आकस्मिक भएको र फोरेन्सिक परीक्षणको लागि जफत गरिएका विस्फोटक पदार्थहरू ह्यान्डल गर्ने क्रममा भएको बताइएको छ ।

प्रहरीकाअनुसार प्रहरी चौकी परिसरमा राखिएका विस्फोटकहरू हालै फरीदाबाद हरियाणाबाट बरामद गरिएको थियो ।



तपाईको प्रतिक्रिया