Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारईपीएस भाषा परीक्षा आजदेखि शुरू

ईपीएस भाषा परीक्षा आजदेखि शुरू


काठमाडाैं। रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा आजदेखि शुरू भएको छ । विहान साढे ९ बजेदेखि परीक्षा शुरू भएको ईपीएस शाखाका सूचना अधिकारी राजकिशोर शाहले जानकारी दिनुभयो ।

पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएकाहरुले परीक्षा दिँदैछन् जसमा ६७ हजारले आवेदन दिएका छन् । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल १ लाख २ हजार ५ सय १५ परीक्षार्थीले आवेदन दिएका छन् ।

तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा शुरू गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुनेछ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।

भाषा परीक्षा दुई महिनाभित्र सक्ने ईपीएस शाखाको तयारी छ । दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरुमध्ये नेपालबाट सबैभन्दा धेरै श्रमिक लिने गरेको छ ।

 



तपाईको प्रतिक्रिया