बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
चितवन, २७ असारः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।
आज जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उहाँको भनाइ छ । बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बीउ, विषादी तथा अन्य कृषि सामग्री पाएका छन् वा छैनन्, बजारमा कालोबजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि भए÷नभएको अवस्थाबारे स्थलगत रूपमा मन्त्री चौधरीले जानकारी लिनुभएको हो । उहाँले चितवनका विभिन्न पालिका तथा खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको हो ।
मन्त्री चौधरीले रोपाइँलगायत मौसमी बालीको अवस्था, मल–बीउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिनुभयो । किसानका गुनासा र सुझाव सुनेपछि सम्बन्धित सरकारी निकायका अधिकारीहरूसँग टेलिफोनमार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो ।
ताजा अपडेट
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया