जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौँ, १४ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज यहाँ मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उहाँले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गर्नुभएको हो । सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ । निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन् । जनअपेक्षा पनि धेरै छन् । त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ ।” उहाँले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिनुभयो । “सेवा प्रवाह छिटो र छरितो हुनुप¥यो । कुनै पनि विवादित कामहरू हुनुभएन”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्छ । जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।” उहाँले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्त अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले ‘डिजिटल डिभाईड’ हटाउन कार्ययोजनासहित द्रुतगतिमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले तत्काल ‘रिफर्म’ गर्नुपर्ने, नयाँ मस्यौदा गर्नुपर्ने ऐनहरू चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुनसक्ने र सकारात्मक सन्देश दिनसकिने कामको कार्ययोजना तयार पार्न निर्देशन दिनुभयो । मन्त्री डा तिमिल्सिनाले सामूहिक नेतृत्व प्रणाली, समन्वय र सहकार्यबाटै चाँडो परिणाम आउने भन्दै सबै जिम्मेवार भएर काममा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आ–आफ्नो तहबाट प्रोएक्टिभ भएर काम गरौँ, जनताले खोजेको गतिअनुसार समय दिएर काम गर्न जरुरी छ ।” त्यस अवसरमा सबै महाशाखा प्रमुखले आ–आफ्ना महाशाखाको वस्तुस्थिति, प्रगति विवरण, समस्या र आगामी कार्ययोजनाबारे अवगत गराउनुभएको थियो । मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले जनचाहनाअनुरुप सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालय कार्ययोजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको दूरसञ्चार सेवालाई प्रभावकारी बनाई गुनासो नआउने किसिमले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया