सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
पाटन (ललितपुर), १४ चैतः नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण सुरु भएको छ ।
पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’का लागि पार्टीको केन्द्रीय कार्यालयमा आज शनिबार ११ः४५ बाट अभिमुखीकरण सुरु भएको हो ।
नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्ने भएको छ । कांग्रेसले कांग्रेसले तय गरेको कार्यतालिका अनुसार पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् । —
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया