महेन्द्रनगर (धनुषा), १७ चैत : धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुखबाट फिँज निस्किएको अवस्थामा विकको शव फेला परेको छ । घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएकोे छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया