ट्याक्टर दुर्घटनामा बालकको मृत्यु
डुम्रे (तनहुँ), १७ चैतः तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ ।
देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । काफलडाँडास्थित भित्री सडक खण्डमा नारायणघाटबाट सिङ्तानतर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी देवघाट–१ कोटाका ३० वर्षीय ट्याक्टर चालक विष्णु माझी घाइते हुनुभएको छ । उहाँले भन्नुभयो, “चालक माझीको मुख, नाक र छातीमा चोट लागेको छ, भने अवस्था मध्यम रहेको छ ।
चालकले नियन्त्रण गुमाउँदा सडकबाट ट्याक्टर करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।”
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया